logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बिरोधमा इलामका राजनिनिक दल

    प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बिरोधमा इलामका  राजनिनिक दल


    इलाम , जेठ ११

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपतिको पछिल्लो कदमको इलामका तीन राजनिनिक दलले विरोध गरेका छन् । मंगलबार एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै संसद विघटन गैर संवैधानिक र लोकतन्त्र विरोधी कदम भएको जनाएका छन ।
    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ८ गते प्रतिनिधि सभाको विघटन गरि मध्यावधि निर्वाचन घोषणा गर्नु असंवैधानिक, अलोकतान्त्रिक, अनैतिक, अराजनीतिक, स्वेच्छाचारी र अधिनायकवादी कदम भन्दै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
    नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्य, नेकपा माओवादी केन्द्रकी संयोजक सोममाया राई र नेकमा एमाले उपाध्यक्ष भक्त केसीको संयुक्त हस्ताक्षरमा जारी भएको विज्ञप्तीमा राष्ट्रपति र प्रधानमन्त्रीले बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरि नेपालको संविधान र लोकतन्त्रमाथि नै गरिएको प्रहार एवं गैरजिम्मेवार कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछौं भनि उल्लेख गरिएको छ ।संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनका लागि बस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्ति नगरेर सार्वभौम प्रतिनिधि सभा रातारात विघटन गरी संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्ने ओली र भण्डारीको पुरानै आकाक्षंको सुनियोजित निरन्तरता र आम नेपाली जनता प्रतीको विश्वासघात भएको भनिएको छ ।
    कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल–शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    निगरानी संवाददाता    
  • २०७८ जेष्ठ ११, मंगलवार १७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP