सूर्योदय: रचनात्मक काम गर्दै आएको नेपाली काङ्ग्रेस सूर्योदय नगर कार्यसमितिले आफ्नो गतिविधिलाई वडा केन्द्रित बनाउने भएको छ ।
नगर कार्यसमितिको शनिवार सम्पन्न बैठकले अबका कार्यक्रम वडासंग समन्वय गरेर सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगर प्रवक्ता नवीन आचार्यका अनुसार अबका पार्टीको कार्यक्रम वडाहरूमा सञ्चालन हुने छन् । उनले भने ” पार्टीका तर्फबाट आयोजना हुने दिवस, स्मृति दिवस पनि वडाहरूमा हुने छन् ।”
नगर सभापति जीवन कुमार नेपालको सभापतिमा भएको बैठकमा निकट भविष्यमा हुने प्रदेश र संघिय निर्वाचनमा पार्टीको भुमिकाको विषयमा समेत छलफल भएको थियोे ।
बैठकले भदौ २४ गते महामानव विपी जयन्ती वाड न १० फिक्कलमा आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले संगठन विस्तारका लागि योजनाहरू तय गरेको उपाध्यक्ष निर्मला अग्रवालले जानकारी दिइन् ।
प्रतिक्रिया