अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो, अध्यक्ष प्रचण्ड

अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो, अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताएका छन् । 

थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका प्रचण्डले भने, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँठाउँमा बढेको पक्कै हो, यो देखियो ।’

‘अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ । यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो’ प्रचण्डको भनाई छ ।  उनले भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहको भन्दै  संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको पनि बताए । 

‘हामीले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं । यसलाई नयाँ शीराबाट गति दिनेबारे छलफल भइरहेको छ । पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने’, उनले भने, ‘सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन । थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो । भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धि हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् ।’रातो पाटी