इलाम: इलाम २ को प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनमा नेपाली काँग्रेस मुद्दा सहित मैदानमा आएको उम्मेदवार डम्बर खड्काले बताएका छन् । इलाम सदरमुकाममा आइतबार पत्रकार सम्मेलन गरेर अवधारणा सार्वजनिक गर्दै नेपाली कांगे्रसले समृद्ध इलामको कल्पना गरेको हो ।
आठ वटा अवधारणा सार्वजनिक गर्दै उम्मेदवार खड्काले इलाम र इलामेली जनताको हितमा काम गर्ने र त्यसका लागि आफूलाई जिताउन आग्रह गरेका छन् । उनले इलामेली किसानको मुद्रामा सहयोग गर्ने गरि आफूले काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । सडक, शिक्षा, उद्यमशीलता, पर्यटन र इलामलाई डिजिटल बनाउने सम्मका कुरा अवधारणा पत्रमा उल्लेख गरेका छन् ।
इलाममा २०८२ सालमा लगानी सम्मेलन गर्ने, सोही वर्ष इलाम भ्रमण वर्ष घोषणा गरेर जिल्लाको विकासमा आफ लाग्ने उनको भनाई छ । तर यी मुद्दा सफल बनाउन इलाम क्षेत्र नम्बर दुईका जनताले आउने चुनावमा रुख चुनाव चिन्हमा मतदान गरेर आफूलाई जिताउन उनको आग्रह छ ।
फरक प्रसङ्गमा उनले इलामेली जनतासँग आफ्नो गठबन्धन रहेको बताएका छन् । अन्य केही दलहरूले गठबन्धन गरेको भन्ने आफूले सुनेको भन्दै उनले विगत लामो समय देखी जनताको सेवामा आफू लागेको भन्दै उनले जनताको मनमनमा गठबन्धन गरेको बताएका हुन् । जनता अप्ठ्यारोमा परेको समयमा आफूले सहयोग गरेको भन्दै उनले जनताले यस पटकको निर्वाचनमा आफूलाई नै मतदान गर्ने उनको भनाई छ ।
परिवर्तनको पक्षमा उभिँदा तत्कालीन राज्य व्यवस्थाबारे बोल्दा पटक पटक जेल नेल समेत भोग्नु परेको भन्दै उनले आफू अन्य उम्मेदवार भन्दा अनुभवी रहेको उनको दाबी छ ।
यस अघि नेपाली काँग्रेसले इलाम क्षेत्र नम्बर दुईमा नजितेकै कारण विकासका काम अगाडी बढ्न नसकेको उनको भनाई छ । एक पटक मौका पाए आफूले गरेर देखाउने उनको भनाइ छ ।