पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन, लाग्यो शुभकामना दिनेको ओइरो

पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन, लाग्यो शुभकामना दिनेको ओइरो

काठमाडौं – आज पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाहको जन्मदिन परेको छ । उनी आज आफ्नो ४४ औं जन्मदिन मनाउन लागेकी छन ।उनको जन्म १ अक्टोबर १९७६मा भएको हो । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् ।उनले २५ जनवरी २००० मा पारससँग विवाह गरेकी थिइन् ।

उनीहरुका एक छोरा हृदयेन्द्र शाह, र दुई छोरी पूर्णिका शाह र कृतिका शाह रहेका छन् ।हिमानीको केही वर्ष पति पारससँगको सम्बन्धमा खटपट आएपनि पछिल्लो समय भने सम्बन्ध राम्रो भएको छ । हिमानी ट्रष्टको नामबाट समाजसेवामा र उनको सुन्दरताले पनि उनि चर्चामा छिन् । पूर्व राजपरिवारले आज कहाँ र कसरी हिमानीको जन्मोत्सव मनाउँदैछ भनेर केही जानकारी दिएको छैन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन ।