logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • मेरी आमा यौ’नकर्मी भए पनि मेरोलागी भगवान भन्दा ठुलो हुन्…

    मेरी आमा यौ’नकर्मी भए पनि मेरोलागी भगवान भन्दा ठुलो हुन्…

    के तपाईंले कहिले भगवान देख्नुभएको छ ? २३ वर्षीया तंजिला खातून डान्स ड्रामाको पूर्वाभ्यासमा जानुभन्दा पहिले यस्तो प्रतिप्रश्न गर्छिन् । प्रश्न गरेपछि उत्तर आफैं दिन्छिन्, ‘यो धर्तीमा लाखौं छोरीजस्तै मेरी आमा पनि मेरो लागि भगवान् हुन् । तर मेरो आमाको सम्मान म आफूमात्र गर्छु । संसारका अन्य मानिसहरुबाट उनले गाली खानुपर्छ किनभने उनी यौ नकर्मी हुन् ।’

    तंजिला डान्स ड्रामाको पूर्वाभ्यास गर्दा बिचमै नखसोस् भन्नका लागि उनले आफ्नो पाउजुको पुनः परिक्षण गर्छिन् । पश्चिम बंगालको २४ परगान जिल्लामा बस्ने तंजिलाले आफ्नो पढाई बिचमा नै छोड्नु पर्यो किनभने उनकी आमा यौ नकर्मी हुन् भन्ने कुरा स्कूलले थाहा पायो ।कसैले उनी पूरबा पश्चिम पारा इलाकामा बस्ने स्कूललाई बताइदिएको थियो जुन रेड लाइट एरियाको लागि बदनाम छ ।

    त्यसपछि उनीमाथि खिल्ली उडाइन सुरु भयो । ‘एक रातको कति लिन्छौ ?’ भन्ने प्रश्नको सामना गर्नुपर्यो । लगातार अपशब्द र अपमानको वर्षा भएपछि तंजिलाले प्रधानाध्यापकलाई यसबारे बताइन् । प्रधानाध्यापकले तंजिलालाई साथ दिनुको साटो उनलाई स्कूलबाट निस्कन आदेश दिए ।

    प्रधानाध्यापकले उनी बदनाम ठाउँसँग नाता राख्ने भएकाले उनका कारण स्कूलका अन्य छात्राहरुको भविष्यमा असर पर्ने र पूरा स्कूल नै बदनाम हुने बताउँदै यसो गर्न उनलाई आदेश दिए । पढाईमा अब्बल भएपनि तंजिलाको स्कूलमा त्यो अन्तिम दिन साबित भयो । त्यतिबेला ६ कक्षामा पढ्ने तंजिलाले अब उक्त देशको कहिले पनि मुख नहेर्ने निर्णय गरिन् । त्यो दिनदेखि नै तंजिलाले आफ्नी आमाको व्यवसायमा गर्व गर्न सुरु गरिन् ।

    तंजिला भन्छिन्, ‘मैले आफ्नो बुवालाई देखिनँ र मलाई मेरो बुवाको नाम पनि आवश्यक छैन । मेरी आमाको नाम रादिया हो र म उनीमाथी गर्व गर्ने छोरी हुँ ।’रादियाको उमेर ५० वसन्त नजिक छ । रादियाले दुई दशकभन्दा बढि यौ नकर्मीको रुपमा काम गरिन् । उनी आफ्नो चार सन्तानको गुजारा गर्नका लागि सानो पसल पनि चलाउँछिन् । हो आमा भगवान भन्दा माथी छिन जसले मेरो हरेक चाहाना जे गरेर भएपनी पूरा गरेकी छिन।



    निगरानी    
  • २०७६ कार्तिक १, शुक्रबार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP