तिहारका कारण डाक्टर गोविन्द केसीको अनशन पछि सर्यो

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
तिहारका कारण डाक्टर गोविन्द केसीको अनशन पछि सर्यो

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीको निर्धारित आन्दोलनको कार्यक्रम केही पछि सरेको छ । तिहारका कारण उनको आन्दोलनको कार्यक्रम ५ दिन पछि सरेको हो । अब उनको अनशन कार्तिक १८ गतेदेखि सुरु हुनेछ ।

त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा डाक्टर केसीले आफ्ना पुराना माग कार्तिक ८ गतेसम्म पूरा नभए कार्तिक १३ गतेबाट अनशन बस्ने घोषणा गरेका थिए । आज कार्तिक ८ गतेकै दिन उनले आन्दोलनको कार्यक्रम पछि सारेका हुन् ।

हिन्दू धर्माबलम्बीको दोस्रो ठूलो तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत छन् । सरकारलाई दबाव दिन उनले उनले १६ पटकसम्म अनशन बसिसकेका छन् ।