logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • राष्ट्रिय एकता बलियो बनाउन चाडपर्व महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

    राष्ट्रिय एकता बलियो बनाउन चाडपर्व महत्वपूर्ण : मुख्यमन्त्री गुरुङ

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको बताएका छन् ।दीपावली तथा नेपाल संवत्, छठ, इद र ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

    नेपाल संविधानतः धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले आफूले चाडपर्वबाट आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम हुने अपेक्षा गरेको जनाए ।

    पछौटेपन, अविकाश र गरीबीको समस्याबाट प्रदेशलाई मुक्त गराउँदै विकास र समृद्धियुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना सन्देशमा उनले “यस सङ्कल्पलाई साकार पार्न सबै नागरिकको पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु”, भनेका छन् ।



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार ०८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP