कर’णी गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य पक्राउ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । क’रणी गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्। १८ वर्षिया पीडितको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले मंगलबार विहान पक्राउ गरेको हो।

पीडित किशोरीले दिएको उजुरीका आधारमा राईलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो । पीडित किशोरीकले सोमबार राती काम छ भन्दै बोलाएर गोकणेश्वर स्थित साथिको कोठामा लगेर राईले आफुलाई क’रणी गरेको प्रहरी समक्ष बयान दिएकी छिन् । पीडित किशोरी गएराति नै सम्पर्कमा आएको र त्यस लगत्तै प्रहरीले ती किशोरीलाई उद्धार गरेकाे थियाे ।

खबर आएलगततै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाइ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताएका छन् ।उनले घटनाबारे थप प्रमाणका लागि पीडित किशोरीलाई मेडिकल जाँच गर्न पठाईएको पनि बताए । राई आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत हुन् ।