इलाम / तीनवटा पर्वहरु धुमधामका साथ मनाउने लोपउन्मुख लाप्चा समुदाय अहिले नामवन पर्व मनाउन व्यस्त छ । भारतमा डिसेम्बर २० देखिनै मनाउन शुरु गरेको पर्व इलाममा भने शनिबार धुमधामका साथ मनाए । लेप्चा जातिको सबैभन्दा महत्वका साथ नामवन पर्व मनाउने गरेको लेप्चा उत्थान मञ्चकी केन्द्रिय उपाध्यक्ष रोजी लेप्चा बताउँछिन् । पुष महिनाको औंसी छेऊछाऊ यो पर्व मनाउने गरेको लेप्चाहरु बताउँछन् । इलाम जिल्लामा भएका लेप्चा जातिले सामुहिक रुपमा केही बर्ष अगाडी देखि यो लोपोन्मुख चाँड बनाउन थालेका छन् । भारतको दार्जिलिङ्ग, कालेम्पोङ्ग, सिक्किममा भने व्यापक रुपमा ७ देखि १५ दिनसम्म मनाउने परम्परा रहेको छ । नयाँ कुराको पुजा गरेर मनाइै आएको पर्वमा पछिल्लो पटक युवा पुस्ताले समेत चासो देखाउन थालेको उनले बताइन् । लाप्चाहरुले पर्वको अवसरमा पुजाआजा गर्ने , रमाईलो गर्ने र एक अर्कामा शुभकामना आदानप्रदान गर्ने गरेको उपाध्यक्ष लाप्चाको भनाई छ । श्रीअन्तुका उमेश लाप्चाका अनुसार नयाँ बर्ष नाममुन २३४० लागेको अवसरमा पछिल्लो समय उत्सवकै रुपमा नाउन थालिएको छ । उनले भने ‘सबै पिढा भुलेर रमाउने दिनको रुपमा लिने गरेका छौ ।’ लाप्चाहरुको आफ्नै लिपी र पहिचान रहेको इतिहासविद युद्धप्रसाद बैद्य बताउँछन् ।
उनले भने ‘पहिचान वचाउन सानो समुदाय भएपनि कसिएर लागेका छन् ।’ लेप्चा समुदायको अर्को एक चाँड सक्यू रम्फात हो । “सक्यू रम्फात” लाई “लि रम्फात” पनि भनिन्छ । यो नेपाली क्यालेण्डर अनुसार मंसिर, माघ र फागुन महिनामा मनाउने चलन रहेको छ । रोग व्याधि हैंजा महामारी प्राकृतिक विपत्ति, नराम्रा दुर्घटना नआओस् भनेर लङजी मनाउने उनीहरु धर्म सस्कृतीमा विशेष आस्था राख्दछन् । तीनवटा आफ्नै पर्व मनाउने लेप्चा समुदायले नेपालीहरुको महान पर्व दशैलाई पनि आफ्नो अनुकुलमा मनाउने गरेका छन् । जमरा राख्ने देखि नौरथका पुजा नगरेपनि मिश्रित समाजको उपज स्वरुप ठाउ अनुसार रातो वा सेतो टिका लगाएर दशै मनाउने गरेको उनीहरु वताउँछन् । टोटलाको फुल र नउनी घिउको टिका लगाएर दशै मनाउने गरेको उपाध्यक्ष लेप्चा वताउछिन् । धार्मीक रुपमा पवित्र मानिने भएकाले टोटला र नउनी घिउको टिका लगाएको उनको भनाई छ । लोपोन्मुख लेप्चा इलाम, झापा, मोरङ्ग लगायत सिक्किम , दाजिृीलङ्ग, कालेबुङ्ग, भुटान आदि ठाउँमा बसोबास गर्दछन् । नेपालका लेप्चाले भने समुदाय अनुसार दशै मनाउने गरेको फिक्कलका सरोज लेप्चा बताउँछन् ।
नेपाल सरकारद्वारा आदिवासी जनजाती प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकरण भएका ५९ जातिहरु मध्ये लेप्चा पनि एक हो । सरकारको वर्गिकृत पाँच सुची अनुसार लोपोन्मुख समूहको दश जाति मध्ये एकमा पर्ने लेप्चाहरुले आफ्नो चाड पर्वले पहिचान बोकेको ठान्छन् । लाप्चा उत्थान मञ्चको २०७५ को सर्वे अनुसार इलाममा ३ हजार ६० जना लेप्चा रहेका छन् । इलामको सुर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा लेप्चा समुदायको बासोबार रहेको छ ।
प्रतिक्रिया