पाँच बर्षे आवधिक योजना बनाउदै सूर्योदय नगरपालिका

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
पाँच बर्षे आवधिक योजना बनाउदै सूर्योदय नगरपालिका

इलामको सुर्योदय नगरपालिकाले पाँचबर्षे आवधिक योजना निमार्ण गर्ने भएको छ । योजना तयार गर्न तीन दिने गोष्ठी आईतबारबाट फिक्कलमा शुरु भएको छ । नगरको ५ बर्षको लक्ष्य र उद्देश्य प्राप्त गर्नका लागि आवधिक योजना बनाउने जनाइएको छ । आगामी दिनमा नगरलाई कसरी अघि बढाउने भन्ने बारेमा गोष्ठी केन्द्रित हुने नगर प्रमुख रण बहादुर राईले बताउनु भयो । संघ र प्रदेशको योजना बनेपछि मात्र स्थानीय सरकारको योजना बनाउनु पर्ने भएकोले ढिलाई भएको बताउनु भयो ।

प्रदेश सांसद राम रानाले स्थानीय क्षेत्रमा नै जनशक्ति आवश्यक पर्ने भएकोले मानव संसाधनको विकासमा योजनाहरु बनाउन आवश्यक रहेको बताउनु भयो । मानविय संसाधनको विकास गरेमा स्थानीय स्तरमै रोजगारी सृजना हुने बताउनु भयो ।
पुर्व सचिव पुरुषोत्तम दहाल र पुर्व सहसचिव बसन्त गौतमले सहजिकरण गर्दैहुनुहुन्छ । कार्यक्रममा बिभिन्न पार्टीका प्रतिनिधि उद्योग बाणिज्य संघ, होटल ब्यवसायी संघ, बिभिन्न संघ संस्थाका प्रतिनिधि , वडा अध्यक्ष, कार्यपालिका सदस्य ,वडा सदस्य लगायतको सहभागीता रहेको छ । उप–प्रमुख दुर्गा देवि भट्टराईले तीन दिने योजना तर्जुमा गोष्ठीमा सबै क्षेत्रका बिज्ञ सरोकारवालाहरुको सुझावलाई लिएर एक बिशेष योजना बनाउने बताउनु भयो ।