इलाममा दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला हुने भएको छ । आगामी माघ २४ गते देखि हुने दुई दिने भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ इलाम सदरमुकाममा आयोजना हुने भएको छ ।
भेलामा प्रदेश नम्बर एक भरीका झण्डै तीनसय पचास जना दलित जनप्रतिनिधी सहभागी हुने जनााइएको छ । दलित समुदायबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र कार्यपालिका सदस्यहरू तथा इलामका सम्पुर्ण दलित जनप्रतिनिधीहरु सहभागी हुनेछन ।
नवराज शंकरको ंसंयोजकत्वमा दलित आन्दोलनमा आबद्ध संघ संस्थाका व्यक्ति , इलामका जनप्रतिनिधी सहभागी रहेको १ सय ५१ मुल समारोह समिती गठन भएको छ । ९ वटा उपसमिति गठन भएको छ भने ३३सदस्यीय सल्लाकार समिति र १७ सदस्यीय सचिवालय बनेको छ ।
पहिलो दिनको कार्यक्रममा ‘दलित महिलाः अवसर, सम्भावना र चुनौती’ विषयमा सांसद् तथा दलित अगुवाहरू लक्ष्मी परियार, अनिता परियार र दुर्गा सोबबीच बहस हुनेछ । त्यसै दिन ‘दलित युवाः उद्यमशीलता र रोजगारी’ विषयमा नेपाल जेसिसका केन्द्रिय अध्यक्ष अशोक शंकरसंग बहस हुनेछ । साँझ चर्चित रेडियो कार्यक्रम बहकिने मनका संचालक साहित्यकार महावीर विश्वकर्माको एकल साहित्य वाचन कार्यक्रम हुनेछ ।
दोस्रो दिन प्रदेशका १४ वटै जिल्लाका जनप्रतिनिधिका टोली नेताले स्थानीय तहको समीक्षात्मक अनुभव प्रस्तुति गर्ने कार्यक्रम तय भएको छ । सोही दिन ‘नेपालमा जातपात र छुवाछूत’ बारे विश्वभक्त दुलाल (आहुति), ‘नेपालको दलित आन्दोलनः विगत, वर्तमान र भविष्य’बारे गणेश विक तथा दलित समुदायः आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको सबाल विषयमा याम किसानले विचार राख्ने भएका छन । ‘दलित समुदायको समस्या र राज्य’ विषयमा सांसदद्वय छविलाल विश्वकर्मा र मीन विश्वकर्मा तथा विनोद पहाडीबीच बहस हुनेछ । त्यसैगरी दलित समुदायको पेसा संरक्षण र आधुनिकीकरणको बिषयमा तीन जना सफल दलित व्यवसायीहरुसँग बहस हुनेछ । अन्तिम दिन साँझ नेपाल सहित भारत र भुटान बाट आमन्त्रित एक सय बढी दलित अगुवा प्रतिनिधी सहभागी हुनेछन । कार्यक्रममा तीन वटै देशमा दलित समुदायको अवस्था के कस्तो छ । दलित समुदायको हक हितका लागि कसरी समन्वय गर्न सकिन्छ भनेर छलफल हुने आयोजक समितिका सदस्य सचिव प्रकाश परियालले जानकारी दिनु भयो ।
भेला पछि इलाम घोषणापत्र जारी गर्ने आयोजक समितिले जनाएको छ । कार्यक्रमको लागि २६ लाख ७५ हजार रुपैयाँ खर्च अनुमान गरिएको भेलाका लागि १ नम्बर प्रदेश सरकार, इलामका स्थानीय तह, संघ–संस्था र सहभागीको दर्ता शुल्कबाट आर्थिक स्रोत संकलन गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया