इलामको माइजोगमाई गाउँपालिकाले माघ १ गते सार्वजनिक विदा दिएको छ । माघे संक्रान्तीको अवरसरमा परम्परागत रुपमा लाग्दैै आएको माइबेनी मेलालाई मध्यनजर गर्दै सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले सोमबार सुचना जारी गर्दै सार्वजनिक विदा दिएको जनाएको छ ।
माई र जोगमाई खोलाको दोभानमा पर्ने धार्मिक क्षेत्र माईबेनीमा माघे सङ्क्रान्ति मेला लाग्दै आएको छ । इलाम जिल्लाको माईजोग्माई गाउपालिका र ईलाम नगरपालिका अन्तर्गत माईबेनीमा यो मेला वर्षौअघिदेखि लाग्दै आएको हो । गजराजसिंह थापा इलाममा बडाहाकिम भई आए पछि १९२० तिर देखि यहाँ मेला लाग्दै आएको जानकारहरु बताउछन । हरेक बर्ष झैँ यस बर्ष पनि पौष २८ देखि माघ २ गते सम्म मेला संचालन हुदैछ ।
माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीयस्तरमा उत्पादन हुने उखु र सुन्तलाको धेरै किनबेच भएको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ मानिसहरु यस स्थानमा मेला भर्न र मकर स्नान गर्न आउने गर्दछन ।
प्रतिक्रिया