logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • मन मिलाउने बनभोज

    मन मिलाउने बनभोज

    इलाम / नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल किसान संघ इलामको आयोजनामा देउमाई नगरपालिकाको पानीटारमा बनभोज तथा मैत्रीपुर्ण भेटघाट शनिबार सम्पन्न भएको छ ।
    संघका अध्यक्ष केदार पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका नेता कार्यकर्ता सहित नेपाली काङ्ग्रेसका जिल्ला स्तरका नेता सहभागि थिए ।
    बनभोज सहितको कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्य, नेताहरु केशब थापा, भेषराज आचार्य,विष्णु दहाल, खगेन्द्र देवान लगायतले वनभोजले सबैलाई एकठाउँमा हिड्न सहयोग गर्ने बताए । सुन्दर पानीटारमा भएको भेलाले त्यस क्षेत्रको प्रचारमा समेत सहयोग पुग्ने अपेक्षा लिएको अध्यक्ष पौड्यालले बताए ।



    निगरानी    
  • २०७६ फाल्गुन १७, शनिबार १५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP