logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • माईभ्याली फुटबल क्लबद्धारा इलाम अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिइ सहयोग

    माईभ्याली फुटबल क्लबद्धारा इलाम अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिइ सहयोग

    कोरोना प्रतिकार्य कोषमा ५० हजार

    इलाम चैत्र १४
    इलाममा रहेको माईभ्याली फुटबल क्लबले इलाम अस्पतालका स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ( पिपिइ ) उपलव्ध गराउने भएको छ । कोरोना संक्रमणको महामारीको बेला स्वास्थ्यकर्मी पिपिइ को अभावमा सामान्य मास्कको भरमा काम गर्नु परेको भन्दै पिपिई उपलव्ध गराउने क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिनु भएको छ । विश्व मानव जातीलाई सुरक्षित गर्न जीवन दाउमा राखेर खटेका स्वास्थ्यकर्मीको जीवन रक्षाको लागि सबै नागरिकले सोच पुर्याउनु पर्ने अवस्था आएकोले क्लबले यस्तो निर्णय गरेका चेम्जोङले बताउनु भयो । क्लबले ५० जना स्वास्थ्यकर्मीलाई ५५ हजार मुल्य बराबरको पिपिई उपलव्ध गराउने जनाएको छ । ५० सैयाको इलाम अस्पतालमा अहिले १५ बेडको क्वारेन्टाइन बनाइएको छ । क्लबले यसअघि जिल्लामा स्थापना हुने कोरोना प्रतिकार्य कोषमा ५० हजार जम्मा गर्ने जनाइ सकेको छ । संकटको समयमा सबै नागरिक एकजुट भएर लाग्न आवश्यक भएकोले क्लबको तर्फ बाट कोषमा रकम जम्मा गर्ने निर्णय भएको सचिव राजेश पराजुलीले बताउनु भयो ।



    निगरानी    
  • २०७६ चैत्र १४, शुक्रबार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP