logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • दैनिक उपभोग्य बस्तुमा छुट दिन सन्दकपुर गाउँपालिकाको सहयोग

    • विचार
    • २०७६ चैत्र २१, शुक्रबार ०७:४४
    दैनिक उपभोग्य बस्तुमा छुट दिन सन्दकपुर गाउँपालिकाको सहयोग

    सरकारले गरेको लकडाउन अवधिभर दैनिक उपभोग्य बस्तुमा सन्दकपुर गाउँपालिकाले गाउँपालिका भित्रका उपभोक्तालाई बजार मुल्यमा छुट गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउनमा रहेका बेला दैनिक उपभोग्य र अत्यावश्यक खाद्यान्न सहज उपलब्ध गराउन गाउँपालिकाले यस्तो कदम चालेको अध्यक्ष उदय राईले बताउनु भयो । अहिलेको समस्याबाट कोही पनि अलग रहन नसकेकोले सबै गाउँपालिका बासी समस्यामा परेकोले खाद्यान्नमा सहयोग गरेको जनाइएको छ । दैनिक रुपमा बढी मात्रामा प्रयोग हुने चामल, चिनि, खानेतेल, नुन , चिउरा र दालमा गाउँपालिकाले सौहुलियत दिने भएको छ । बजार मुल्य अनुसार चामलमा प्रतिकिलो २ रुपैयाँ, चिनिमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिकिलो १० रुपैयाँ, दालमा १० रुपैया , चिउरामा ५ रुपैयाँ र नुनमा प्रतिकिलो ५ रुपैयाँ छुट प्राप्त गर्ने गरी निर्धारण गरेको छ । गाउँपालिकाका सबै वडामा रहेका पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा सौहुलियत प्राप्त गर्न सक्नेछन ।
    दैनिक उपभोग्य बस्तुको सहज उपलब्धता र खाद्यान्न संकट हुन नदिन देउराली बजारमा रहेको सुरज एण्ड सुमन स्टोर्स र सन्दकपुर गाउँपालिका बीच सम्झौता भएको छ । गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत महेश राई र सुरज एण्ड सुमन स्टोर्सका तर्फबाट व्यवसायी दुर्गा श्रेष्ठका बिच हस्ताक्षर भएको छ ।
    दैनिक उपभोग्य सामग्री किनबेचको समय तालिका वडा स्तरीय आपुर्ति समितिको निर्णयानुसार हुने जनाईएको छ । दैनिक उपभोग्य सामाग्री विक्र्री गर्ने पसल संचालकले उपभोक्ताको र खाद्य सामाग्रीको विवरण राख्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले दैनिक उपभोग्य सामग्री खरिदबिक्री गर्दा सामाजिक दुरी कायम गर्नु पर्ने जनाएको छ ।



    विचार    
  • २०७६ चैत्र २१, शुक्रबार ०७:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP