logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • भोकै रहेकालाई इलामेली किचन मार्फत सहयोग

    भोकै रहेकालाई इलामेली किचन मार्फत सहयोग

    जेठ २३ इलाम
    कोरोना भाइरस संक्रमणले विश्व भर महामारी फैलिएको छ । जसका कारण जनजिवन असमान्य बनीरहेको छ । कोरोन रोकथाम र नियन्त्रणकोलागि सरकारले जारी गरेको लकडाउन जारी भएको ७३ दिन पुग्यो । हुनेखानेलाई त लकडाउनले जीवन यापन गर्न त्यति अप्ठयारो परि गएको छैैन । तर दैनिक रोजगारी गरी खाने परिवारको अवस्था दयनीन छ । त्यही अवस्था देखेर थोरै भएपनि खान नपाएकालाई खान खुवाउन विभिन्न माध्यम बाट मानिसहरुले सहयोग गरी रहेका छन । यही क्रममा शुक्रबार संचारकर्मी सृजना श्रेष्ठ , हाल दुवईमा रहनु भएका विष्णु प्याकुरेल र बि डि ले व्यक्तिगत रुपमा इलाममेली किचनमा खाद्य सामाग्री सहयोग गरेका छन । थोपा थोपा मिलेर सागर बन्छ भने जस्तै हामी सबै नागरिकको सानो सहयोगले भोकै रहेकालाई केही भए पनि सहयोग पुग्ने भएकोले सहयोग गरेको सृजना श्रेष्ठले बताउनु भयो । उनीहरुले नौहजार बराबरको चामल , तेल , दाल , तरकारी लगायतका साम्रागी किचनलाई उपलब्ध गराएको जनाइएको छ । इलामका दुइजना युवाहरु देवि पौडेल र सुमन श्रेष्ठको सकृयतामा लकडाउन सुरु भए सँगै निशुल्क दुई छाक खाना खुवाउन सुरु गरे । नेपालमा लकडाउन सुरु भएको चौथो दिन अर्थात चैत १५ गते देखि निशुल्क इलामेली किचन संचालन गरी खाना खुवाइ रहेका छन । सडकमा बस्दै आएका , गरिव,अशक्त,रोजगारी गुमाएका मजदुर,अस्पताल आउने विरामी र विरामीका कुरुवा लगायत समस्यामा परी इलाम आएर होटलमा खान खान नपाएका नागरिकको लागि दैनिक विहान बेलुका खाना खुवाउने व्यवस्था गरेको छ । इलामेली किचनमा इलामका नागरिक संघ सस्थाले सहयोग पु¥याउदै आएका छन । इलामेली किचनमा दैनिक एकसय बढीले भोक मेट्दै आएको देवी पौडेलले बताउनु भयो । इलामे सहयोगीहरु बाट जिन्सी र भौतिक सहयोग बाहेक आर्थिक सहयोग नलिने इलामेली किचनले नलिने जनाएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७७ जेष्ठ २३, शुक्रबार १२:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP