इलाम भाद्र ९ इलाम नगरपालिका -६ सिङफ्रिङमा इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.’ले मंगलवार बाट सेवा सुरु गरेको छ । जिल्लामा निजि क्षेत्रबाट संचालन हुुन लागेको एक मात्र विशेषज्ञ डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताल रहेको भवनमा अस्पताल संचालन गर्न थालिएको छ । एक कार्यक्रमको बिच सेवा आरम्भ गरेको छ । अस्पतालमा भदौ १५ गते सम्म सेवाग्राहीहरुलाई ओपिडी सेवा शुल्कमा सतप्रतिशत छुट गरिएको प्रा लि का प्रबन्ध निर्देशक प्रकाश चापागाईंले बताउनु भयो । १५ सैयाको यो अस्पतालमा विशेषज्ञ सहितको सेवा दिने जनाइएको छ । अस्पतालमा फिजिसियन, अर्थाेपेडिक, स्त्रीरोग र रेडियोलोजीको विशेषज्ञ सेवा दिने जनाइएको छ । केहि समयमा नै अस्पतालको स्तरोन्नति गरिने जनाइएको छ ।
अस्पतालमा डिजिटल एक्सरे सहित २४ सै घण्टा ल्याब सेवा सन्चालनमा ल्याएको छ । इलाम सहित पाचथर र ताप्लेजुङ जिल्लाका बिरामीले यो अस्पताल बाट सेवा लिन सक्ने जनाइएको छ । उपचारको लागि जिल्ला बाहिर जानू पर्ने इलामबासीको बाध्यता रहेको छ । अस्पताल संचालनमा आए सगै स्थानीय बासीले भरपर्दो उपचार सुबिधा लिन पाउने अपेक्षा गरेका छन । चापागाईं सहित इलामका डाक्टर बिबेक अधिकारी , र डाक्टर सञ्जयकुमार शाहको चार करोड बढी लगानीमा अस्पताल सुरु गरेको जनाइएको छ ।
प्रतिक्रिया