न्यौपानेको नेतृत्वमा रेडक्रस सिंहबाहिनीमा नयाँ समिति

Share This
  •  
  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares
न्यौपानेको नेतृत्वमा रेडक्रस सिंहबाहिनीमा नयाँ समिति

इलाम । नेपाल रेडक्रस सोसाइटी सिंहबाहिनी उपशाखाको १५ औ साधारण सभा तथा पाँचौ अधिवेसनले राजिव न्यौपानेको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपसभापतिमा विष्णुदेवी गौतम, सचिवमा कमल कुमार मैनाली, कोषाध्यक्षमा कमल बहादुर भण्डारी उपसचिवमा शिवकुमार थापा र उपकोषाध्यक्षमा सुनिता बस्नेत रहनुभएको छ । यस्तै कार्यसमितिको महिला सदस्यमा मेनुका प्रधान सदस्यहरु हरिनाथ फूएल, जीवन कुमार सुवेदी, कोमल कुमार शर्मा निरौला र गोमादेवी बराल रहेका छन् ।
अध्यक्ष न्यौपानेले यस अघि रेडक्रस भवन निर्माणका लागि नगद २५ हजार सहयोग गरेका थिए । उनी निगरानी डटकमका प्रकाशक हुन् । नेपाल प्रेस युनियन इलामका कोषध्यक्ष समेत रहेका न्यौपानेले उपशाखालाई नयाँ गतिमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
नरेन्द्र शिवाकोटीको अध्यक्षतामा सम्पन्न सधारण समाभा सचिव कमल कुमार मैनाली, कोषाध्यक्ष कमल बहादुर भण्डारीले र महिला समितिको तर्फबाट गोमादेवी बरालले प्रस्तुत गर्नुभएको छुट्टा छुट्टै प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । सभामा नेपाल रेडक्रस सोसाइटी, प्रदेश समिति उपसभापति हरिकला गौतम, इलामका सभापति शिव प्रसाद गौतम, निवर्तमान सभापति देवी प्रसाद गौतम, शाखाका पुर्वमंत्री पुण्य शिवाकोटी समेतका वक्ताले रेडक्रसको महत्व र काम कर्तव्यबारे चर्चा गरेका थिए ।