logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • प्रतिनिधी सभा विगठनको विरोधमा इलाममा काङ्गेसको विरोध

    प्रतिनिधी सभा विगठनको विरोधमा इलाममा  काङ्गेसको विरोध

    तीन करोड जनतामाझ जान्छु भन्नु केपी ओली जस्तो लाछी स्याल कोही नहुने काग्रेस नेता प्रकाश स्नेहीले बताउनु भयो । इलाममा सोमबार भएको विरोध सभामा बोल्दै स्नेहीले दुई सय पचहत्तर जनाको संसद बीचमा जान नसक्ने केपी ओली जनतामाझ जान नसक्ने जिकिर गर्नु भयो । कम्युनिष्टहरु लोकतन्त्रमा विश्वास नगर्ने भन्दै संविधान विपरीत काम गरेको उहाँको भनाई छ । घर झगडाले संसद भंग गरी केपी ओलीले जनमतको अपमान गरेको आरोप लगाउनु भयो । जनताले बनाएको संविधानलाई प्रधानमन्त्री र राष्ट्रपतिले रछ्यानमा फालेको बताउनु भयो । प्रतिनिधी सभा सदस्य समेत रहनु भएका स्नेहीले आफैले प्रमाणीकरण गरेको संविधान समाप्त हुदै गर्दा पनि हिजो दिनमा यो संविधानमा विगठनको कुनै अक्षर पनि लेखिएको छैन भनेर भाषण गर्ने सुवास नेम्वाङ केपी ओलीको पछि भैसीको पछि बाछो हिडे जस्तै लुरु लुरु हिडिरहेको बताउनु भयो । पढे लेखेविधवान भनेर सोचेको थियौ सुवास नेम्वाङ तर जनताको पक्षमा काम गर्न नसकेको आरोप अगाउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विगठन गरेको भन्दै काङ्गेसले देशभर विरोध प्रर्दशन गरेका हो । विरोध कार्यक्रममा नेपाली काङ्गेस इलामका सभापति हिमालय कर्मचार्य , उपसभापति सशिकला तामाङ राई , पुर्व सभापति तथा महासमिति सदस्य केशव थापा , महासमिति सदस्य तोयानाथ भटराई लगायतले केपी ओली सरकारले चालेका असंवैधानिक कदमको विरोध गर्नु भयो । इलाम सदरमुका स्थित ठुलो टुडिखेलबाट ¥याली सुरु गरी इलाम चोक बजारमा सभामा परिणत भएको थियो । प्रर्दशन जिल्लाभरका नेपाली काङ्गेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।



    निगरानी    
  • २०७७ फाल्गुन ३, सोमबार १७:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP