समाजसेवा र राजनितिमा सक्रिय डम्वर खड्का सम्मानित

समाजसेवा र राजनितिमा सक्रिय डम्वर खड्का सम्मानित

समाजसेवा र राजनितिमा सकृय इलामका डम्बर खड्कालाई नामसालिङ शुक्रबारे खानेपानी उपभोक्ता समितिले सम्मान गरेको छ । नेपाली काँग्रेसका नेता समेत रहनु भएका खड्कालाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको हो । नामसालिङको ऐतिहासीक बजार शुक्रबारेमा बिगत लामो समयदेखि बजारबासीले खानेपानीको अभाव झेल्नु परेको यसका लागी दाताले सहयोग गर्ने भएपछि संयूुक्त रुपमा टयाँकी निमार्ण गरीएको वडा सदस्य राम घिमिरेले जानकारी दिनु भयो । उक्त खानेपानी ट्याङ्की निर्माणका लागि नेता खड्काको दुइलाख बिस हजार रुपैया सहयोग गरेको र वडा न ३ को तिनलाख बजेटमा ट्याङ्की तथा पाइप सहित निर्माण भएको हो ।
समितिका अध्यक्ष पारशमणी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्मित टयाङकीलाइ संयुक्त रुपमा उदघाटनपछि वडा कार्यलयमा आयोजित कार्यक्रममा खड्काले गरेको सहयोगको कदर गर्दै सम्मान गरिएको हो । शुक्रबारे बजारका ३० घर धुरिले उपभोग गर्ने र दैनिक पचास हजार लिटर पानी जम्मा हुने गरेको उपभोक्ता समितिका अध्यक्ष पारशमणि घिमिरेले बताएउनु भयो ।
सम्मान कार्यक्रममा वडा ३ का वडा सदस्य तथा नेपाली काग्रेसका क्षेत्रीय कोषाध्यक्ष निर्मल घिमिरेले नेता खडकाले नामसालिङ मा बि लाई नमुना बिद्यालयको रुपमा ल्याउन योगदान रहेको बिद्यालयमा जस्ता पाता उपलब्ध गराएको शिव मन्दिरमा समेत कर्कट पाता दिएको माथिल्लो टोलमा बिधुत ट्रासमिटर र पोलका साथै सडकको स्तर उन्नतिका लागि सहयोग गरेको भन्दै नामसालिङबासिले नेता खडकालाई सम्मान गरेको बताउनु भयो ।