इलामका दुई पत्रकारलाई दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कार

इलामका दुई पत्रकारलाई दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कार

इलाम २० चैत्र
जुनतारा सामाजिक बिकास केन्द्र इलामले दुई पत्रकार सम्मान गरेको छ । सहकारी दिवसको अवसर पारेर दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट इलामको पत्रकारितामा लामो समदेखि क्रियाशिल रहेका पत्रकारहरु सोमनाथ सुसेली र सटेन्द्र जवेगुलाई सम्मान गरेको हो । सहकारी दिवसको अवसर पारेर दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट जनही नगद १० हजार रुपैंयाँले पुरस्कृत गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेेेेको हो ।
सम्मानित सुसेली नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को उपाध्यक्ष, रेडियो नेपालबाणी एफएमका स्टेशन म्यानेजर तथा इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक छन् ।  पत्रकार जवेगु नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा इलाम पोष्ट दैनिकका सम्पादक छन् । हरेक बर्ष इलामका एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । गत बर्ष कोभिड १९ को कारण पुरस्कार बितरण हुन नसकेकोले एकै पट्क दुइजनालाई पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
यो पुरस्कारबाट यसअघि पत्रकारहरु गणेश घिमिरे, सविता पाण्डे र ख्याम भुुुजेल पुरस्कृत भैैैसकेका छ्न ।