सुम्बेकमा एक दिने सचेतना कार्यक्रम सम्पन्न

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सुम्बेकमा एक दिने सचेतना कार्यक्रम सम्पन्न

इलाम बैशाख ८ लैङ्िगक हिंसा विरुद्धको सचेतना कार्यक्रम इलाममा सम्पन्न भएको छ । सहयात्रा नेपाल संस्थाको आयोजनामा बुधबार इलाम नगरपालिका २ सुम्बेकमा एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको हो । इलाम नगरपालिकाको सहयोगमा संचालित कार्यक्रममा ४० बढीको सहभागिता रहेको थियो । इलाम नगरपालिकाकि उपप्रमुख शुसिला नेम्वाङको प्रमुख आतिथ्यता र सस्थाकी अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संस्थाकी सचिब सानू दासले बताउनु भयो । कार्यक्रममा उधमशिलता सम्बन्धि गोपाल पौड्याल र लैङ्िगक हिंसा कानुन सम्बन्धि बिद्या सापकोटाले सहजीकरण गर्नु भएको थियोे । नगरपालिकाको न्यायीक समितिको सम्योजनमा नगरका सबै वडामा यो कार्यक्रम संचालन भइरहेको छ ।