इलाममा ४ जना कोरोना संक्रमित थपिए , कुल संक्रमित ४६ जना

Share This
  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
इलाममा ४ जना कोरोना संक्रमित थपिए , कुल संक्रमित ४६ जना

इलाम बैशाख १९ इलाममा आइतबार ४ जनामा संक्रमण देखिएको छ । चुलाचुली गाउँपालिकाका ३ जना पुरुष र रोङ गाउँपालिकाकी एक महिलामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सगै इलाममा हालसम्म ४६ जनामा संक्रमण देखिएको छ । इलाम नगरपालिकामा सबैभन्दा बढी १९ जनामा संक्रमण देखिएको छ भने दोस्रोमा रोङ गाउँपालिकामा १३ जनामा संक्रमण भएको छ ।

चुलाचुली गाउँपालिकामा ५ जना, सूर्योदय नगरपालिकामा ३ जना, माइ नगरपालिका र फाकफोक थुममा २–२ जना र देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा १–१ जना संक्रमित भएका छन् । हालसम्म इलाममा कोरोना संक्रमणको कारण इलाममा दुई जनाको  मृत्यु भइसकेको छ ।