इलाममा एकैदिन २६ जनामा कोरोना संक्रमण , कुल संक्रमित ९९

इलाममा एकैदिन २६ जनामा कोरोना संक्रमण , कुल संक्रमित ९९

इलाम , बैशाख २२ इलाममा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार एकै दिन २६ जना संक्रमित थपिएसंगै इलाममा संक्रमितको संख्या ९९ पुगेको हो । जसमा ६० जना पुरुष र ३९ जना महिला रहेका छन् । इलाम नगरपालिकामा १८ जना , रोङ गाउपालिकामा ४ जनामा संक्रमण भएको जिल्ला स्वास्थ कार्यलय इलामले जनाएको छ । सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माईजोगमाई गाउँपालिकामा १/१ जना संक्रमित भएका छन् । इलाममा हालसम्म ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना र इलाम नगरपालिकाका २ जना रहेका छन् ।अहिले सम्म इलामको इलाम नगरपालिकामा सवै भन्दा वढी ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।