इलाममा कोरोना संक्रमित तीन जनाको मृत्यु , २८ जनामा संक्रमण

इलाममा कोरोना संक्रमित तीन जनाको मृत्यु , २८ जनामा संक्रमण


इलाम , बैशाख ३१

इलाममा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट तीनजनको मृत्यु भएको छ । इलामनगरपालिका, सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिकामा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । इलामनगरपालिका ७ का ५९ बर्षिय पुरुष , सूर्योदय नगरपालिकावडा नम्बर २ का ३९ बर्षिय पुरुष र चुलाचुली गाउँपालिका वडा नम्बर २ का ८६ बर्षका १ जना पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सँगै इलाममा कारोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा इलाम नगरपालिकाका ४ जना, चुलाचुली गाउँपालिकाका ३ जना, माइजोगमाई गाउँपालिका, देउमाई नगरपालिका र सूर्योदय नगरपालिकामा एक÷एक जना रहेका छन । यसैबीच शुक्रबार जिल्लामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी सूर्योदय नगरपालिकामा १६ जना संक्रमित पुष्टि भएको छ । इलाम नगरपालिकामा ५ जना, माई नगरपालिकामा २ जना, चुलाचुली गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा हालसम्म संख्या २ सय ४४ जना संक्रमित भएका छन । १४ जना निको भएका छन ।