जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्न माओबादी केन्द्र इलामको आग्रह

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्न माओबादी केन्द्र इलामको आग्रह


इलाम , जेठ ३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)इलामले जिल्ला संकट व्यवस्थापन समिति (डिसिएमसी) र स्थानीय सरकारलाई जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै जान थालेपछि माओवादी केन्द्रले जिल्ला अस्पताल इलाममा स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरण र सामाग्रीको समुचित व्यवस्थापन गर्न माग गदै विज्ञप्ती जारी गरेको छ । अक्सिजनको पर्याप्त व्यवस्थापन र भण्डारण गर्न , अस्पतालमा रहेको भेन्टिलेटर, आइसियु, डाइलोसिस मेसिन तत्काल संचालनमा ल्याउन विज्ञप्तीमा आग्रह गरिएको छ । जिल्लाका सम्पुर्ण स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामाग्रीको व्यस्थापन गर्न समेत आग्रह गरेको छ । भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्याङ्कले पनि खुल्ला सीमा रहेको इलामको अवस्था भयावह बन्ने तर्फ सचेत रहनुपर्ने उल्लेग गरिएको छ । विज्ञप्तीमा संक्रमितहरुको उपचार निशुल्क गर्न आवस्यक पहल गर्नुपर्ने , अग्रमोर्चामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामाग्री र प्रोत्साहन भत्ता तुरुन्तै उपलब्ध गराउन तिनै तहको सरकार सँग जोडदार माग गरिएको उल्लेख छ । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि राहत प्याकेज उपलब्ध गराउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।