इलाममा खुकुरी प्रहार गरि हत्या , आरोपी पक्राउ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
इलाममा खुकुरी प्रहार गरि हत्या ,  आरोपी   पक्राउ

इलाम , असार २३ । इलामका ५८ बर्षिय धनबहादुर राईको हत्या भएको छ । साङरुम्बाका स्थानीय ४५ बर्षिय यमबहादुर साँवाले राईको भुडीमा खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ । ईलाम नगरपालिका -१२ साङरुम्बा पिप्ले भञ्ज्याङ डाँडागाँउ बस्ने बल बहादुर सावाको घरमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक किशोर तामाङले जानकारी दिनु भयो । हत्या आरोपीको साथबाट हत्यामा प्रयोग गरिएको खुकुरी समेत बरामद गरेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।