logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • उच्च अदालत घटना प्रहरीले भोलि सार्वजानिक गर्ने

    उच्च अदालत घटना प्रहरीले भोलि सार्वजानिक गर्ने


    इलाम , असार २८

    उच्च अदालत विराटनगर , इलाम इजलासमा कार्यरत एक महिला कर्मचारी शंकास्पद रुपमा मृत फेला परेपछि प्रहरीले दिनभर घटनास्थल सिल गरी अनुसन्धान गरेको छ । सोमबार विहान अदालत परसरमा अर्धनग्न अवस्थामा कार्यालय सहयोगी सोलुखुम्बुकी ४५ बर्षीया बिमला कुमारी पराजुलीको शव भेटिएको थियो । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ घर भएकी पराजुलिको शब कार्यालय परिसरको भित्तामा रहेको नालीमा घोप्टो परेको अवस्थामा कार्यालय पोशाकमै फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शंकास्पद अवस्थामा महिलाको शब फेला परेपछि जिल्ला प्रहरी कार्यालय इलामले घटनास्थललाई दिनभर सुरक्षित राखेको थियो । तालिमप्राप्त कुकुरको सहायतबाट घटनाको अनुसन्धान गर्नका लागि शब नछोइकन सुरक्षित राखेको थियो । धरानबाट तालिमप्राप्त कुकुर ल्याएर प्रहरीले अनुसन्धान गरेको जनाएको छ । घटना रहस्यमय भएकोले प्रहरीले हरेक कोणबाट अनुसन्धान गरीरहेकोले घटनामा संलग्न अपराधिको नजिक प्रहरी पुगिसके पनि प्रमाण जुटाउने काम गरीरहेकाले भोलि सम्ममा सबैकुरा सार्वजनिक गर्ने इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताउनुभयो । प्रहरीले मृतक महिलाको मोबाइलको कल डिटेल देखि अनुसन्धानमा गर्नुपर्ने सबै प्रकृया गरीरहेको जनाएको छ । सो घटनापछि मृतक पराजुलीका परिवार पनि इलाम आएका छन् ।



    निगरानी संवाददाता    
  • २०७८ असार २८, सोमबार १७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP