logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • थापा समूहका पाँच सभापतीको घोषणा

    थापा समूहका पाँच सभापतीको घोषणा

    इलामः नेपाली कांग्रेसको चौधौ महाधिवेशनका लागि प्रष्ट चार समूह बनेर चुनावी मैदानमा देखिएका मध्ये केशब थापा समुहले इलामका दुई संघिय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका लागि सभापनि सहितको प्यानल घोषणा गरेको छ ।
    इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा काग्रेसका युवा नेता मिलन क्षेत्रीले आफनो उम्मेदवारी घोषणा गरेका छन् ।
    तरुणदल जिल्ला सदस्य हुँदै साविक पशुपतिनगर गाउँ बिकास समितिको दुई कार्यकाल पार्टी सभापतिको भूमीका निर्वाह गरेका छन् । उनी इलाम क्षेत्र न १ का पुर्व क्षेत्रीय सचिव पनि हुन् । १३ औं महाधिवेसनमा वर्तमान क्षेत्रीय सभापति दुर्गा बराल संग चुनावी मैदानमा उत्रिएका उनी यस पटक बराल, पुर्व क्षेत्रीय सभापती भिष्म प्रधान र युवा नेता समशेर राईसंग भिड्ने छन् । क्षेत्रीले अब पछि नहट्ने गरी चुनावी मैदानमा आएको बताएका छन् । उनले भने ‘पार्टी बनाउन उठेको हो, सकारात्मक परिणाम लिएर संगठन गर्ने योजना छ ।
    क्षेत्रीको समूहका क्षेत्रीय सचिवमा माईजोगमाई गाउँपालिकाका बर्तमान पार्टी सचिव तारा अधिकारी र दानाबारीका काग्रेस युवा नेता एन्जेस एक्तेन रहेका छन् ।

    उक्त प्यानलबाट प्रदेश निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष पुनम गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा माई नगरपालिकाका युवा सुवक श्रेष्ठले आफनो उम्मेदवारी घोषणा गरेका छन् ।
    थापा समूहले संघिय क्षेत्र न २ को सभापतिमा नरेश क्षेष्ठलाई क्षेत्रीय सभापतिको उम्मेद्धार बनाएको छ । समुहले क्षेत्र न २ अन्तरगतको प्रदेश क मा माधव बस्नेत र प्रदेश ख मा लक्ष्मण राईलाई उठाएको छ ।



    निगरानी    
  • २०७८ आश्विन ५, मंगलवार १५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP