logo
  • २०८२ फाल्गुन २७, बुधबार | Wed, 11 Mar 2026
  • पीडितलाई विशेष थप राहत प्याकेज ल्याउने सरकारकाे तयारी

    • निगरानी
    • २०७८ कार्तिक ७, आईतवार ११:३५ गते
    पीडितलाई विशेष थप राहत प्याकेज ल्याउने सरकारकाे तयारी

    इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बाढी पहिरो प्रभावित इलाम र पाँचथरकाे निरिक्षाण गर्दै सरकारले पीडितका लागि विशेषा राहत प्याकेज ल्याउने तयारीमा रहेकाे बताए ।

    प्रधानमन्त्री देउवाले सरकारले यसअघि घोषणा गरेको राहत प्याकेजमा अबको मन्त्रिपरिषद्को बैठकबाट बाढी तथा पहिरो पीडितलाई विशेष थप राहत प्याकेज ल्याउने बताए।

    फाल्गुनन्द गाउँपालिका –३ चिम्फुलास्थित जलसिङ मा बि को प्राङ्गणमा भएको भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवाले बाढी पहिरो पीडितहरूको लागि अस्थायी र स्थायी राहत प्याकेज ल्याउने बताए।

    प्रधानमन्त्री देउवाले इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण समेत गरे । प्रधानमन्त्रीले यसअघि इलामको माङ्सेबुङ गाउँपालिका–६ को चिसोपानी र पाँचथरको मिक्लाजुङ –६ को स्थलगत निरीक्षण गरेका थिए ।

    निरीक्षणमा ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत थिए । इलाममा बाढी पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् । यसैबीच, फाल्गुनन्द गाउँपालिका–३ का पहिरो प्रभावितले तत्काल बासको व्यवस्था मिलाउन माग प्रधानमन्त्री समक्ष माग गरेका छन् । त्यहाँका पहिरो प्रभावित १ सय ५० भन्दा बढी विस्थापित विद्यालयमा बस्दै आइरहेका छन् ।



    निगरानी    
  • २०७८ कार्तिक ७, आईतवार ११:३५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP