राम प्रसाद दुलाल स्मृति पत्रकारीता पुरस्कार इलामका अग्रज पत्रकार भट्टराईलाई

राम प्रसाद दुलाल स्मृति पत्रकारीता पुरस्कार इलामका अग्रज पत्रकार भट्टराईलाई


इलाम , मंसिर ४
प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व राम प्रसाद दुलालको स्मृतिमा स्थापित राम प्रसाद दुलाल स्मृति पत्रकारीता पुरस्कार इलामका अग्रज पत्रकार  विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ  । नेपाल प्रेस  युनियन इलामले शनिबार  आयोजना गरेको एक कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।भट्टराईलाई नगद २० हजार सहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।   पत्रकारीताको माध्यमबाट जिल्लाको कृषि, पर्यटन र शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएकोमा पुरस्कार प्रदान गरीएको  जनाइएको छ ।
विगत २८ वर्षदेखि पत्रकारीता क्षेत्रमा आवद्ध भट्टराई हाल नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता हुनुहुन्छ । पुरस्कार वितरण कायक्रम नेपाल प्रेस युनियनका केन्द्रिय महासविच अजयबाबु शिबाकोटीको प्रमुख आतिथ्यतामा भएको थियोे । कार्यक्रममा केन्द्रिय सदस्य माधव चौलागाई, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराई , अग्रज पत्रकार सोमनाथ सुसेली , नेपाल शिक्षक युनियनका प्रदेश अध्यक्ष पुर्ण प्रसाद गौतम  समाजसेवी हरि प्रसाद खनाल, स्वर्गीय दुलालका परिवारका सदस्य जीवन दुलाल,  प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का समेतले जिल्लाको राजनैतिक र साँस्कृतिक क्षेत्रमा स्वर्गीय राम प्रसाद दुलालको योगदानको चर्चा गर्नुभएको थियो । नेपाल प्रेस युनियन इलामकी अध्यक्ष सविता पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यसै बर्ष स्थापना गरिएको पुरस्कार हरेक बर्ष इलामका सकृय पत्रकारलाई प्रदान गरिने जनाएको छ । दुलालका परिवारले कोष स्थापना गरेका हुन ।