प्रदिप खड्का,इलाम मंसिर १६ :
गत कार्तिक पहिलो साता परेको बेमौसमी वर्षाको कारण बाढी पहिरो प्रभावित परिवारलाई सहयात्रा नेपालले राहत तथा खाद्यन्न सामाग्री वितरण गरेको छ । बाढी पहिरो बाट प्रभावित भएका तथा विस्थापित भएका परिवालाई सहयोग पुर्याउने उदेश्यले राहत वितरण गरिएको संस्थाकी अध्यक्ष हेम कुमारी शिवाले बताउनु भएको छ । ‘बाढि पहिरोबाट प्रभावित भएका समुदायका महिलाहरुलाई खाद्यन्न राहत सामाग्री सहयोग ’ कार्यक्रममा काठमाण्डांै स्थित टेवा संस्थाले आर्थिक सहयोग गरेको शिवाले बताउनु भयो । टेवाले सुरक्षा अनुदान ह्म्यानेरियन क्राइसिस सर्पोटको लागि इलाममा सहयोग गरको जनाइएको छ ।
इलाम नगरपालिका भित्रका पहिरो प्रभावित परिवारलाई ७६ परिवारलाई चामल , तेल ,नुन चना , त्रिपाल , ब्ल्याङकेट लगायतका खाद्य र राहत सामग्री वितरण गरिएको संस्थाकी सदस्य इन्दिरा तिखत्रीले बताउनु भयो । इलाम नगरपालिका भित्रका ५ , ६ र ८ नम्बर वडामा सामाग्री वितरण गरिएको जनाइएको छ ।
स्थानीय तहको समन्वयमा वडाले छनौट गरेका पहिरो प्रभावितहरुलाई सामाग्री वितरण गरेको संस्थाले जनाएको छ । सहयात्राले स्थानीय तह सँग समन्वय गरी विभिन्न कार्यक्रम संचालन गरेको भन्दै इलाम नगरपालिका प्रवक्ता तथा वडा ५ का वडाध्य ठाकुर नारायण श्रेष्ले बाढि पहिरो प्रभावितको पिडामा मल्हम लगाउने काम गरेको बताउनु भयो । वडाले पहिरो प्रभावितको सही तथ्याङ संकलन गरी वास्तविक प्रभावित परिवालाई राहत प्याकेज प्रदान गरेको श्रेष्ठको भनाई छ ।
गएको कार्तिक ३ गते बेमौसमी वर्षा पछि आएको बाढी पहिरोमा परी इलामा १५ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । बाढी पहिरोको कारण जिल्लामा २ सय ८५ जना विस्थापित भएको जिल्ला प्रशासनको तथ्याङमा उल्लेख छ ।
प्रतिक्रिया