इलाम ,फागुण ६ ।
ईलामको दुईवटा स्थानीय तहमा रहेको अस्थाई कोभिड अस्पतालको लागि सहयात्रा नेपाल संस्थाले स्वास्थ्य उपकरण र स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जिल्लाको माई नगरपालिका र फाकफोकथुम गाउँपालिकालाई टेवा संस्था काठमाण्डौको आर्थिक सहयोगमा सामाग्री उपलब्ध गराएको जनाईएको छ । कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि सहयोग पु¥याउने उदेश्यले कोभिड अस्पतालको लागि स्वास्थ्य उपकरण र स्वास्थ्य सामाग्री उपलब्ध गराएको सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले बताउनु भयो ।
माई नगरपालिकामा रहेका माई अस्पताल र फाकफोकथुममा गाउँपालिकमा रहेको मार्ई अस्पताललाई अक्सिजन कन्सनटेटर १/१ थान, प्यासेन मनिटर १/ १ थान, सक्सन मेसिन १/१ थान, अक्सिमिटर २/२ थान, नेवुलाईजर १/१ थान, सेनिटाईजर १०÷१० लिटर, डिजिटल थर्मोमिटर १०/१० थान र माक्स २०/२० पकेट रहेको संस्थाले जनाएको छ । दुबै स्थानमा गरि ५ लाख रुपैंया बराबरको सामाग्री बितरण गरिएको संस्थाले जनाएको छ । सहयात्रा नेपालले वुधबार एक कार्यक्रमकाबी माई नगरपालिकालाई उक्त सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रम जिल्ला सम्वनय समिती इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता र संस्थाकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षतामा भएको कार्र्यक्रममा मार्ई नगरपालिकाका प्रमुख दिपक कुमार थेवेलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिरएको थियो ।
जिल्ला समन्वय समिति प्रमुख गणेश बराले स्थानीय सरकार सँग हातेमालो गर्दे महामारी नियन्त्रणमा सहयात्राले महत्वपुर्ण कार्य गरेको बताउनु भयो । कोभिड महामारी सँग जुध्न संस्थाले महत्वपुर्ण सहयोग पुर्याउदै आएको भन्दै प्रसंसनीय कार्य गरेको बताउनु भयो ।
माई नगरपालिकाका प्रमुख दिपक कुमार थेवेले स्वास्थ्य चौकीलाई स्तर वृद्धि गरी १५ सैयाको अस्पताल निमार्ण गरी त्यसलाई कोभिड अस्पतालको रुपमा सेवा दिएको बताउनु भयो । कोभिड महामारीको समयमा माई अस्पतालबाटै सेवा दिएको बताउनु भयो । कोभिड नियन्त्रणको माई अस्पतालको लागि स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गरेकोमा नगर प्रमुख थेवेले धन्यबाद दिनु भयो । कार्यक्रममा माई नगरका स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेल , माई अस्पतालका प्रमुख डाक्टर रामकृष्ण आर्चायले मन्तव्य राख्नु भएको थियो ।
सहयात्रा नेपालले यस अघि रोङ गाउँपालिका र माई जोगमाई गाउँपालिकामा रहेको कोभिड अस्पतालको लागि स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण उपलब्ध गराएको जनाईको छ ।
प्रतिक्रिया