इलाम,बैशाख १०। इलाम नगरपालिका प्रमुखको उम्मेदवार सामाजिक संजालमा सार्वजनिक भए संगै नेकपा एमाले इलामको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । शनिबार साझ इलाम नगरपालिकाको मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगीएको भनेर सामाजिक संजाल मार्फत सार्वजनिक भए संगै असन्तुष्ट पार्टीका युवाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन ।
मेयरमा सिफारिस भएका ब्यक्तिको बिषयमा छलफल नगरी भट्टराईलाई मेयरमा सिफारिस गरिएको भन्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष तिलक ठकुरी सहित २४ जनाले सामुहिक राजीनामा दिएका छन ।
एमालेबाट इलाम नगरपालिकाको मेयरका लागि भट्टराई संगै धिरेन चेम्जोङ, कृष्ण श्रेष्ठ लगायको नाम सिफारिस भएको थियो
प्रतिक्रिया