logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • माईखोला बगरमा गिटि कुटेर गुजारा चलाउने नागरिकलाई चुनावले छोएन

    माईखोला बगरमा गिटि कुटेर गुजारा चलाउने नागरिकलाई चुनावले छोएन


    इलाम इलामस्थित राजनितिक दलह विभिन्न चुनावी कार्यक्रम सहित भोट माग्न व्यस्त छन । नेता कार्र्यकर्ता उम्मेद्धार सहित राजनितिक दलका झण्डा फहराउदै गित घन्काएर सवारी साधनमा हुइकीरहेका छन तर इलामको माइखोला बगरमा दिनभर गिटी कुटेर साँझ विहानको छाक टार्ने परिवारलाई भने निर्र्वाचनले छोएकै छैन । राजनितिक दलहरु घरदैलो अभियानदेखि सभा सम्मेलनमा केन्द्रीत भइरहे पनि दिनभर मजदुरी गरेर  जिविका चलाउनेहरु  भने आफ्नो  दुखमा कसैले  साथ नदिएको गुनासो गर्छन । गिट्टी कुटेर गुजारा चलाउँदै आउनु भएकी माया शेर्पा आफ्नो समस्या कसैले नसुनेको बताउनु हुन्छ ।
    इलामको राजदूवालीस्थित माइखोला बगरमा करिब ४० घरपरिवारको बसोबास रहेको छ  । विहान सबैरै यहाँका नागरिक बगरमा पुग्छन् र दिनभर गिटी कुटेर कमाएको रकमले साँझबिहानको खर्च टार्छन् । माइखोलाको बगरमा गिटी कुट्दै दैनिकी सुरु गर्नु हुने राम तामाङ   निर्वाचनको बेला आश्वासन दिने नेताहरुले चुवाव जितेपछि  बिर्सने गरेको  गुनासो गर्नु हुन्छ । माईखोला बगर छेउमा बसोबास गर्नेहरूको सपना पूरा गर्न आश्वासन धेरैले दिए पनि व्यवहारमा कार्यान्वयन नभएको बताउछन । २२ वर्ष देखि गिटी कुटदै आउनुभएका  यामबहादुर राइलाई कोहि कसैमा भरोसा नभएको बताउनु हुन्छ ।चुनावको बेलामा राजनीतिक दलहरूले  सुकुम्बासी, भूमिहिन, बेरोजगार, विपन्न , मजदुर ,आदिवासी, जनजातिको क्षेत्रमा काम गर्ने बताउछन । सस्तो लोकप्रियताको लागि ,मतदातालाई आफ्नो पक्षमा पार्न   चुनावको बेला आश्वास बाड्दछन । कुनै समया यस्तो थियो  दलका घोषणपत्र र आश्वासनको  भरमा मतदाताहरू भोट हाल्न जान्थे ।  तर अहिले मतदाताको चेतना स्तर बढ्दै जादा  हाम्रालाई भन्दा पनि राम्रालाई मतदान गर्न तर्फ सचेत भएकोे देखिन्छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ बैशाख २७, मंगलवार १७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP