‘नेतृत्व नविकरण गर्ने अवसर’

‘नेतृत्व नविकरण गर्ने अवसर’

इलाम:नेकपा एसका सम्मानीत नेता झलनाथ खनालले आज देशभरका मतदाताले उत्साहका साथ नेतृत्व नविकरणका लागि मतदानमा भाग लिइ रहेको बताएका छन् । इलामको सूर्योदय नगरपालिका वाड न ९ रमफोकको शारदा आधारभुत विद्यालयमा मतदान गर्न पुगेका खनालले विकासलाई नागरिकसंग जोड्नु पर्ने बताए ।
उनले गलत नेतृत्वको कारण संघियता र गणतन्त्र नै अप्ठ्यारोमा परेको टिप्पणी गरे ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले मतदान गरेका छन् । नेता नेम्वाङ चुनावी अभियानका क्रममा विगत केही दिनदेखि इलाममै छन् । उनले इलाम नगरपालिका–७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् । मतदानपश्चात् उनले आवधिक निर्वाचनमा मतदान गर्न पाउनु जनताको अधिकार भएको बताए ।
यसरी नै पोहिलो संविधानसभाको पोहिलो बैठकको अध्यक्षता गरि गणतन्त्र घोषणा गर्ने नेपाली काँग्रेसका पूर्व महामन्त्री केबि गुरुङले पनि महेन्द्र रत्न बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै १ नम्बर प्रदेश सरकारकी पर्यटन तथा सस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले इलामको सूर्योदय नगरपालिका ३ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी छन् । यो मतदान केन्द्र बौद्धधाममा रहेको छ । उनले क मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
आज इलामका १० पालिकामा १५१ वटा मतदान स्थल मा रहेका २८५ मतदान केन्द्रवाट १ हजार ३ सय १९ जना प्रतिस्पर्धिलाई मतदान गरिदै छ । विहान सात बजे देखि शुरु भएको छ । इलाममा मतदानमा एक लाख ९ हजार १९२ जना महिला, १ लाख १५ हजार ५ सय ५४ पुरुष र दुई जना तेस्रो लिंगी मतदाता रहेका छन् ।