logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • स्वास्थ्य र शिक्षा सर्वसुलभ बनाउँदै सुगम इलाम बनाउनेछु : गिरी

    स्वास्थ्य  र शिक्षा सर्वसुलभ बनाउँदै सुगम इलाम बनाउनेछु : गिरी


    इलाम : आसन्न मंसीर ४ गतेको निर्वाचन नजिकिए सँगै उम्मेद्धारहरु मत आफ्नो पक्षमा पार्न मतदाताको घरदैलोमा छन । इलाम क्षेत्र नम्वर दुई (क) लाई विकास गर्ने प्रतिबद्धता सहित गोविन्द गिरी मतदाता समक्ष पुग्दै हुनुहुन्छ । जनताका गुनासोको समाधानका लागि आफुलाई जिताउन गिरी मतदाता समक्ष आग्रह गर्दै आउनु भएको छ ।
    सालिन अनी भद्र ब्यक्तिका रुपमा परिचित गोविन्द गिरी गठबन्धन दलको नेपाली कांगे्रसबाट उम्मेद्धारी दिनु भएको हो । इलाम क्षेत्र नम्वर दुईको प्रदेश (क) मा उम्मेद्धारी दिएर चुनावी मैदानमा रहनु भएका गिरी राजनितिसँगै समाजसेवामा ब्यस्त हुनु हुन्छ । गिरीले जिल्लाको पश्चिम क्षेत्रमा नेपाली कांग्रेसको बिभिन्न समितिका नेतृत्व गरिसक्नु भएको छ ।
    गिरी तत्कालिन जीतपुर गाविस हाल देउमाई नगरपालिका वडा नम्बर ६ मा २०२१ सालमा जन्मिनु भएको हो । उहाँले २०६१ साल देखि ०७३ साल सम्म निरन्तर जीतपुर माध्यामिक विद्यालयको अध्यक्ष भएर समेत विद्यालयको शैक्षिक स्तर सुधार गर्नु भयो । सोही समयमा जीतपुर माध्यमिक विद्यालयलाई नमुना विद्यालय समेत बनाउन उनको महत्वपूर्ण भुमिका छ । सो विद्यालयमा हाल पशुविज्ञानको पढाई भइरहेको छ । सो विद्यालयको पशुविज्ञानको अध्ययन जिल्लामै पहिलो हो । मंगलबारे जीतपुर दानबारी हुँदै बिर्तामोडको फास्ट ट्रयाक निर्माणमा समेत उहाँको महत्वपूर्ण भूमिका रहेको छ । गिरी निरन्तर समाज सेवामा लागिरहनु भएको छ ।
    युवा रोजगारीलाई प्राथमिकता दिन र पार्टीले अघि सारेका कुरा पुरा गराउन समेत लाग्ने उहाँको भनाई छ । अन्य प्रदेशको नामाकरण भइसक्दा समेत एक नम्वर प्रदेशको नाम राख्न नसकेकोमा उहाँको चिन्ता छ । बहुमत सहित प्रदेशको नाम तत्काल राख्न आवाज उठाउने गिरीको प्रतिबद्धता छ । स्वास्थ्य र शिक्षा सर्वसुलभ बनाउँदै जनताका प्रत्यक्ष जनजिविकोमा साथ दिने गरि निति निर्माण गरिने गिरीको प्रतिबद्धाहरु हुन । एक नम्वर प्रदेश कृषि र पर्यटनमा अगाडी रहेको बताउँदै उहाँले ती क्षेत्रलाई माथी उठाउने गरि आफु लाग्ने समेत बताउनु भयो ।
    सानै देखि नेपाली काँग्रेसको राजनीतिक विचार बोकेर अघि बढेका उनी २०३६ सालमा जीतपुर माविबाट संगठनको साधरण सदस्य भएर पञ्चायत विरुद्धको आन्दोलनमा सरिक हुनु भयो । २०४८ सालमा नेपाली कांग्रेको क्रियाशिल सदस्य बन्नु भएका गिरी नेपाली काग्रेसको १० औं अधिवेशनबाट जीतपुर गाउँविकास समितिको पार्टी अध्यक्ष समेत हुनु भयो । नेपाली कांग्रेसको ११ औं अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य , १२ औं र १३ औं अधिवेशनमा क्षेत्र नम्बर २ को क्षेत्रिय सभापनि बन्नु भएको थियो । १४ औं अधिवेशनबाट प्रदेश नम्बर १ को प्रदेश कार्य समिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्नु भएको छ ।
    प्रदेश सभा तर्फ इलाम क्षेत्र नं २ को (१) मा गिरी सहित ८ जना उम्मेद्धार प्रतिष्पर्दामा रहेका छन् । नेकपा एमालेका तर्फबाट उम्मेद्धार बन्नु भएका गणेश बराल र गिरी बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बराल जिल्ला समन्वय समिति इलामका निर्वतमा प्रमुख हुनुहुन्छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ कार्तिक २९, मंगलवार १५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP