फिक्कल बजारमा संचालित पार्वती मेडिकोलाई दुई लाख रुपैयाँ जरिवाना

फिक्कल बजारमा संचालित पार्वती मेडिकोलाई दुई लाख रुपैयाँ जरिवाना


इलाम:
इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारमा संचालित पार्वती मेडिकोलाई जिल्ला प्रशासन कार्यालय इलामले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोईरालाको नेतृत्व रहेको टोलीले शुक्रबार अनुगमन गर्दा प्रतिबन्धित बेटाडिन बिक्री बितरण गरिएको पाईए पछि दुई लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ । ‘फर हस्पिटल सप्लाई वन्ली’ लेखिएको बेटाडिन ५ बोतल बिक्रीका लागि राखीएको पाईए पछि जरिवाना गरिएको सहायक प्रजिअ कोईरालाले जानकारी दिनु भयो । उहाँका अनुसार उक्त मेडिकोलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार कार्बाही गरिएको हो ।
मेडिको प्रितम यादवको नाममा दर्ता भई अशोक कुमार यादवले संचालन गरिएको पाईएको छ ।बाहिर बोर्डमा सूर्योदय फिक्कल पोलिक्लिनिक प्रा.लि. लेखीएको बोर्ड टास गरीए पनि दर्ता भने पार्वर्ती मेडिकोको रहेको जनाइएको छ । मेडिकोमा मुल्य नभएको र हस्पिटको लागि मात्र भएकोले बेटाडिन भेटीए पछि मेडिको संचालकले अनुगमन टोलीलाई अटेरी गर्दै आफु संग भ्याट बिल भएकाले जरिवाना नतिर्ने जिद्दि गरेका थिए । यादवले जरिवाना नतिर्ने भन्दै कुनै कागजपत्रमा हस्ताक्षर नगर्ने अडान राखे पछि सहायक प्रजिअले तत्कालका लागि मेडिकल बन्द गर्न निर्देशन दिनु भएको थियो ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा संचालित मेडिकलको अनुगमन गरिरहेको छ । इलाम बजारमा संचालित माइपोखरी डन्टल र दुर्गा मेडिकललाई समेत यस अघि जरिवाना गरेको थियो ।