logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • मानव बेचबिखन विरुद्ध एकतावद्ध प्रयास जरुरी

    मानव बेचबिखन विरुद्ध एकतावद्ध प्रयास जरुरी

    पशुपतिनगर : मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस बुधबार इलामको पशुपतिनगरमा र्याली र सचेतना कार्यक्रम सहित सम्पन्न भएको छ ।
    सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखनको निर्मूलन भन्ने मूल नाराको साथ मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइएको हो। दिवसका अवसरमा सूर्योदय नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, सूर्योदय नगरपालिका वाड न २, माइती नेपाल, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विभिन्न संघसंस्थाले सचेतनामूलक ¥याली समेत निकालेको थियो ।


    ¥यालीपछि पशुपतिनगर भन्सार कार्यालय अघि आयोजित कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई, सूर्योदय नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा सिवा, लगायतले मानव बेचबिखन विरुद्ध एकताबद्ध भएर सबैले आवाज उठाउन नसके यसको अन्त्य गर्न नसकिने बताए । माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले पछिल्लो समय तस्करी पनि धेरै तरिकाले हुने गरेको बताए । उनले भने ‘तस्करीको रुप परिवर्तन भएको छ, सबै क्षेत्रले एकतावद्ध भएर काम गर्न जरुरी छ ।’
    प््रमुख जिल्ला अधिकारी पोख्रेलले राज्यको एकल प्रयासले मात्र मानव बेचविखन जस्ता अपराधका घटनाहरु नियन्त्रण गर्न नसकिने भन्दै सबै संघ संस्थाको सहयोग आवश्यक पर्ने बताए ।

    सरकारले नेपालको संविधान, मुलुकीय अपराध संहिता २०७४, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र नियमावली २०६५, बालबालिकासम्बन्धी ऐन २०७५, बाल श्रम निषेध र नियमन गर्ने ऐन २०५६, बैदेशिक रोजगारसम्बन्धी ऐन र नियमावली १५ औँ योजना, विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत मानव बेचबिखनलाई गम्भिर फौजदारी अपराधको रुपमा राखी यसको नियन्त्रणको लागि विभिन्न नीतिगत र संस्थागत कार्यक्रमको व्यवस्था गर्दै आएको छ ।

    बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेपछि नेपालमा २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवशको रुपमा मनाइएको छ। संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ। गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन्।



    Avatar निगरानी    
  • २०८० भाद्र २०, बुधबार १६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP