इलामःअन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अन्नपुर्ण पोष्ट दैनिकका धनकुटा संवाददाता हरिबहादुर लम्जेललाई इलाममा सम्मान गरिएको छ । मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको मानव अधिकार वर्ष पुरस्कार २०८०बाट आइतबार पत्रकार लम्जेल सम्मान गरिएको हो ।
अन्नपुर्ण पोष्ट दैनिक, एपिवान टेलिभिजन, अन्नपुर्ण डटकममा कार्यरत लम्जेललाई नगद १० हजार, प्रमाण पत्र सहित पुरस्कृत गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद रामबहादुर राना मगरले पुरस्कार हस्तान्तरण गरेका थिए । लम्जेल नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाका सचिव हुन् ।
प्रत्येक वर्ष मानव अधिकारको क्षेत्रमा कलम चलाउँने एक सञ्चारकर्मीलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन पुरस्कार दिदै आएको मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेले जानकारी गराए । लम्जेललाई मानव अधिकारका क्षेत्रमा बालबालिका, महिला, जातीय विभेद, शिक्षा, स्वाथ्य, किसान, प्रकृतिक प्रकोप तथा मानवीय पीडाका क्षेत्र, विदेसिनुको पीडाका क्षेत्रमा ढेड दशकदेखि निरन्तर पेशागत लेखनको सम्मान स्वरूप पुरस्कार दिन योग्य भएको मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले बताए ।
यसअधि यो पुरस्कारले क्रमशः मोरङका यज्ञ थापा, इलामका सटेन्द्र जबेगु, झापाका चन्द्र भण्डारी, इलामकै कोकिला ढकाल, झापाका पर्वत पोर्तेल, खोटाङका दमन राई, ताप्लेजङका आनन्द गौतम, पाँचथरका भीम बास्कोटा, इलामका भीम चापागाई, पुरस्कृत भई सकेका छन् ।
प्रतिक्रिया