श्रीकृष्ण प्रणामी युवा परिषदको स्थापना दिवसको अवसरमा रक्तदान

श्रीकृष्ण प्रणामी युवा परिषदको स्थापना दिवसको अवसरमा रक्तदान


सुर्योदय : श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल इलामद्वारा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । परिषदले सुर्योदय नगरपालिका २ पशुपतिनगरमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेको परिषद इलामका सचिव   दिपेन्द्र आचार्यले बताउनु भयो । श्री सार्वजनिक प्राथमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सुर्योदय नगरपालिका २ का वडा अध्यक्ष डिक बम्जन , समाजसेवी मिलन क्षेत्रीले रक्तदान गरि कार्यक्रम सुरु भएको थियो । नेपाल रेडक्रस सोसाइटी गोर्खे उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।  
परिषदको ३४ औ स्थापना दिवसको अवसरमा  देशभर एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरिएको केन्द्रिय समितिले जनाएको छ ।
ज्ञान , भक्ति र सेवा मुल सिद्धान्त मान्दै आएको श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले विभिन्न समयमा सेवामूलक कार्यहरू गर्दै आएको छ ।
दुर्व्यसन त्यागौ , सेवामुखी बनौं भन्ने मुल नारा सहित संचालित श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले सेवामुखी कार्यमा लाग्न युवाहरूलाई प्रेरित गर्दै आइरहेको छ ।