इलाम : चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम नगरपालिका वडा नं. १ साखेजुङ्गमा आफ्नो नाममा पुर्ख्यौली जग्गा दिएका छ्न । मंगलबार मालपोत कार्यलय इलाम आएका बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको तीन रोपनी दुई दाम दुई पैसा जग्गा आधारभुत स्वास्थ्य सेवा उपकेन्द्र साखेजुङ्गको नाममा निशुल्क दिएको इलाम नगरपालिका वडा नम्बर १ का वडा सचिव लोचन भट्टराईले बताए। हाल उपकेन्द्र जनता आधारभूत बिधालयको एउटा कोठाबाट संचालन भइरहेको भट्टराईले बताए ।
बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको जग्गा उपकेन्द्रको नाममा पास गरिदिएको जनाइएको छ । इलाम नगरपालिका वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले बाटोसँगै जोडिएको जग्गा भएकोले स्वास्थ्य संस्था निर्माण सहज हुने बताए । जग्गा प्राप्तिको लागि दाता खोजी गरीरहेको थियौ अध्यक्ष बस्नेतले भने ।निकट भविस्यमा सुविधाजनक स्वास्थ संस्थ निर्माण गरिने बताए । निश्चलका बुबा ईन्द्र बहादुर बस्नेतकाे सल्लाह अनुसार दान गरेकोको बस्नेतले बताए। निश्चल बस्नेत इलामका पुर्व सांसद स्व.खम्बसिंह बस्नेतका नाति , साबिक साखेजुङका पुर्ब अध्यक्ष बासु बस्नेतका भतिजा हुन ।
प्रतिक्रिया