दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आजबाट खुल्यो टिकट बुकिङ

दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आजबाट खुल्यो  टिकट बुकिङ

काठमाडौं/ दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आइतबार (आज) बाट गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार आजबाट दशैँका लागि टिकट बुकिङ खुला गरेको हो ।लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् ।यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ । यसैबीच, उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने भएको छ ।