इलाम : युवाहरुको लागि आधारभुत कम्प्युटर तालिम र ड्राइभिङ तालिम आइतबार देखि इलाममा सुरु भएको छ । इलाम नगरपालिका अन्तर्गतको नगर युवा परिषदले आयोजना गरेको तालिममा कम्प्युटर तर्फ २० जना र ड्राइभिङ तर्फ ९ जना गरि २९ जना युवाहरु सहभागी छन । तालिमको एक कार्यक्रमका बीच इलाम नगरपालिका प्रमुख केदार थापा उद्घाटन गर्नु भयो । युवा परिषदले सान्दर्भिक र उपयुक्त तालिम आयोजना गरेको भन्दै इलाम नगरपालिका प्रमुख थापाले सिकेको सीप ब्यवहारमा उतार्न आग्रह गर्नु भयो । नगरले हाल विभिन्न प्रकारका सीपमुलक तालिमहरु संचालन गरी व्यवसायिक बनाउन जोड दिईरहेको बताउनु भयो ।
पछिल्लो समय युवाहरु लागु औषध सिकार तथा कुलतमा लाग्ने गरेको कारण युवाहरूलाई व्यस्त राख्न साथै सीप सिकेर आत्मनिर्भर र ब्यवसायिक बन्न आधारभुत कम्प्युटर तालिम र ड्राइभिङ तालिम राखिएको नगर युवा परिषदका अध्यक्ष लिलाप्रसाद थापाले बताउनु भयो । अध्यक्ष थापाले आगामी दिनमा युवाहरूको लागि अन्य सीप तथा तालीम संचालन गरिने बताउनु भयो । उहाँले युवा देशको आधार भएकोले राज्यले लगानी गर्न आवश्यक रहेको औल्याउनु भयो । कम्प्युटर तालिम इलाम स्थित इलाम मल्टीटेक्निकल ट्रेनिङ सेन्टर र ड्राइभिङ तालिम इलामेली अटो मोबाइल्स र ड्राइभिङ स्कुलमा संचालन भइरहेको छ ।
प्रतिक्रिया