सूर्योदय :सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा सूर्योदय नगर उद्योग वाणिज्य संघ इलामले आयोजना गरेको हस्पिटालिटी ( अतिथि सत्कार) तालिम विहीबार शुरू भएको छ ।
सूर्योदय नगरपालिकाका पर्यटन व्यवसायी (ट्रली सञ्चालक, अटो तथा भेनका चालक, होटल व्यवसायी, घोडचढी व्यवसायी)लाई लक्षित गरी सूर्योदय नगरपालिका ७ कन्याममा शुरू भएको तालिमको उद्घाटनका अवसरमा बोल्दै सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले पर्यटकलाई आकर्षक गर्ने पहिलो सर्त पर्यटकलाई गर्ने व्यवहार भएको बताए ।
उनले पर्यटनको विकासका लागि नगरले भौतिक पुर्वाधार निर्माण र पर्यटन व्यवसायीको क्षमता विकासमा काम गरिरहेको बताए ।कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका १ का वडा अध्यक्ष राजकुमार सेरेङले अतिथि सत्कार पर्यटक आकर्षणका लागि अति आवश्यक रहेको बताए ।सूर्योदय नगरपालिका ८ का अध्यक्ष जंगबहादुर गुरूङले सूर्योदय पर्यटकलाई खुशी बनाउन पर्यटनकर्मीले व्यवहारमा परिवर्तन गर्नु पर्ने बताए ।
सूर्योदय नगरपालिका ७ का वडा अध्यक्ष लोक बहादुर राईले पर्यटकिय क्षेत्र कन्यामलाई लक्षित गरेर आयोजना गरेको तालिमले यस क्षेत्रलाई व्यवस्थित गर्न सहयोग गर्ने बताए ।तालिमका प्रशिक्षक संङ्गम शेर्पाले पर्यटन प्रवर्द्धनका लागि पर्यटन व्यवसायीको व्यवहार पर्यटन मैत्री हुनुपर्ने बताए ।संघका अनुसार २०८१ जेष्ठ ३१ गते देखि २०८१ असार ३ गते सम्म ३५ जनन र २०८१ असार ४ गते देखि २०८१ असार ८ गते सम्म ३५ जनालाई तालिम प्रदान गर्न लागिएको हो ।संघका अध्यक्ष प्रमोद राईले संघले स्थानीय सरकार र व्यवसायीसंग सहकार्य गर्दै पर्यटन व्यवसायको दिगो विकास गर्न प्रयास गरिरहेको बताए ।अध्यक्ष राईको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्र सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया