इलाम ४ कात्तिक : नेपाली कांग्रेसले सुरु गरेको सय दिन अभियान इलाममा सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार इलाममा मंगलबार एक कार्यक्रमका बीच शुभारम्भ भएको छ । जिल्ला कार्यसमितिको आयोजनामा आयोजित शुभारम्भ कार्यक्रम नेपाली कांग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्काको अध्यक्षता एवं अभियानका प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको प्रमुख आतिथ्यतामा भएको थियोे ।
अभियानका क्रममा केन्द्रीय प्रतिनिधि कांग्रेस केन्द्रिय सदस्य नेता नैनसिंह महरले लोकतन्त्रलाई बलियो बनाउन नागरिक समाज सक्रिय हुन जरुरी रहेको बताउनुभयो । सरकारका काम प्रती जनता आश्वस्त हुन नसकेको भन्दै उहाँले सरकारमा जादा गरेका ७ बुदे सहमति लागू हुन नसकेको बताउनु भयो ।
अभियानमा जिल्ला, नगर र वडा स्तरमै विभिन्न कार्यक्रम गर्ने नेपाली काङ्ग्रेस जिल्ला समिति इलामका उपाध्यक्ष खगेन्द्र देवानले बताउनु भयो । उहाँले कांग्रेसको सङ्गठनका गतिविधि चलायमान गराउनु नै अभियानको मुख्य उद्देश्य भएको बताउनुभयो ।
सय दिने विशेष अभियानमा जिल्लाका ८१ वटा वडामै पुगेर कार्यक्रम गरिने र त्यसका लागि जिल्ला कार्यसमितिले हरेक वडामा प्रतिनिधि खटाउने भएको इलाम जिल्ला सभापति डम्बर खड्काले बताउनु भएको छ।
केन्द्रिय प्रतिनिधि सबै पालिकाका कार्यक्रममा सहभागी हुनेछन् । वडामा जिल्लाका प्रतिनिधि पुग्नेछन् । त्यसक्रममा कांग्रेसको विधान र नीति नियममा भएको व्यवस्थाका बारेमा छलफल चलाउने जनाइएको छ । क्रियाशील सदस्यता वितरण विवाद रहित बनाउन, कांग्रेसभित्रका गुट उपगुट अन्त्य गरी एकताबद्ध र बलियो कांग्रेस बनाउन अभियानले भुमिका खेल्नेछ । आपसी मनमुटाव, बैमनस्य, पार्टीप्रतिका असन्तुष्टि र सरकारबाट गरिएका अपेक्षा पनि संकलन गरिने जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस इलामका पूर्वसभापति , महासमिति सदस्य, महाधिवेशन प्रनिनिधि, जिल्ला कार्यसमिति, क्षेत्रीय सभापति, प्रदेश सभापति र १० वटै पालिकाका सभापतिहरु , शुभेच्छुक तथा भातृ सस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा बक्ताहरुले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रदेश इलाम कांग्रेसका पूर्वसभापति हिमालय कर्मचार्यसहित उपसभापति विष्णु दाहाल, जिल्ला सदस्य हुकुम थेबे, निर्वाचन क्षेत्र २ (१) सभापति गोपाल चौहान, क्षेत्र १ (१) सभापति निस्कल राई, सूर्योदय नगर सभापति जीवन , नेपाल, तरुण दल केन्द्रिय सदस्य जनक तिम्सिना, प्रदेश सांसद बन्दना अधिकारी , प्रदेश सासद गोविन्द गिरि ,इलाम नगरपालिका प्रमुख केदार थापा , नेपाल प्रेस युनियन इलाम अध्यक्ष सविता पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया