साफ यू-१५ महिला फुटबलः नेपाल र भारत भिड्दै

साफ यू-१५ महिला फुटबलः नेपाल र भारत भिड्दै

काठमाडौं-साफ यू-१५ फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिड्दैछन् ।

भुटानको चाम्लिङथाङ रंगशालामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजेबाट हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले सबै टिम बलियो प्रतिस्पर्धी भएकाले शतप्रतिशत चुनौती पेश गर्ने बताए ।

उनले भारतविरुद्धको खेलमा सके जित नसके बराबरीका लागि भएपनि नेपाली टोली मैदानमा उत्रने बताए । उनले नेपाली टिम बलियो रहेकाले भारतलाई गतिलो चुनौती दिने बताए ।

नेपाली टिमकी कप्तान प्रीति राईले तयारी राम्रो भएकाले विगतको नजिता भन्दा राम्रो हुने दाबी गरिन् । उनले भारत बलियो टिम भए पनि हामी शतप्रतिशत दिएर खेल्ने बताइन्।

प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो । नेपालले असोज २४ गते बंगलादेश र २६ गते भुटानसंग खेल्नेछ । प्रतियोगिता नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् ।