फिक्कल/ भ्रमण बर्ष २०२० सफल पारौ तथा लागू औषध, चेलिबेटी बेचबिखन ,एचआइभी एड्स बिरुद्दको हाम्रो आवाज भन्ने नाराका साथ सूर्याेदय नगरपालिका ११ को आइतबारे युवा क्लबले आयोजना गरेको १६ औ आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको विहीबारको खेलमा आहाले सेभेन र खुदुनाबारी विजयी भएका छन् ।
प्रतियोगिताको उदघाटन खेलमा आयोजक आइतबारे युवा क्लबलाइ २ का बिरुद्द ५ गोलले पराजित गर्दै आहाले सेभेन क्वाटर फाइनल प्रबेश गरेको छ । आहालेका लागि सुसन कार्की र असिम राई ले २–२ तथा अनिश राइले १ गोल गरेका थिए । पराजित आइतबारेका लागि प्रशान्त प्रधान र कृष्ण प्रधानले १–१ गोल गरेका थिए । त्यस्तै दोस्रो खेलमा भेनस एफ सि बि सु न पा ९ लाई १ का बिरुद्द ३ गोल गर्दै खुदुनाबारी स्पोर्टिङ क्लब झापा क्वाटर फाइनल प्रबेश गरेको छ ।
बिजयी टिमका लागि चेतन घतानी ले २ तथा विशाल खवासले १ गोल गरेका थिए भने पराजित भेनसका उमेश राइले १ गोल गरेका थिए। प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा गोदक सेभेन र सिसा क्लासिक तिनघरे भिड्ने तथा दोस्रो खेलमा आइतबारे एफ सि र राइजिङ युवा क्लब कुटिडाडा बिच खेल हुनेछ। इलाम र झापाका गरि १६ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेता टिमले नगद ८० हजार १११ र उपबिजयी टिमले ५० हजार १११ प्राप्त गर्नेछ्न।फाइनल खेल माघ ११ गते शनिबार हुने आयोजकले जनाएको छ । फाइनल खेलको दिन दात,हाडजोर्नी,सुगर प्रेसर लगाएत रोगको परिक्षण हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो पुरस्कार समाज सेवी डम्बर खड्काले उपलव्ध गराएको आयोजकले जनाएको छ । खड्काले यस अघि सूर्योदय नगरपालिका केराबारीको फुटबल प्रतियोगितालाई पनि ६० हजार नगदको प्रथम पुरस्कार उपलव्ध गराएका थिए ।
आयोजक संस्थाका अध्यक्ष खड्ग प्रसाद दाहालको सभापतित्व तथा नगर प्रमुख रण बहादुर राइको प्रमुख आतिथ्यता रहेको उदघाटन कार्यक्रममा मेची अञ्चल आयुर्बेर्दिक औषधालयका प्रमुख तिर्थराज आचार्य लगायतको उपस्थिती थियो ।
प्रतिक्रिया