माईभ्याली गोल्डकप : सिक्किमलाई हराउदै आयोजक विजयी

माईभ्याली गोल्डकप : सिक्किमलाई  हराउदै आयोजक विजयी

आयोजक माइभ्याली इलाममा जारी माईभ्याली गोल्डकपको दोश्रो क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो चरणको खेलमा माइभ्यालीले पाहुना टोली ग्यान्टोक सिटि फुटबल क्लब सिक्किमलाई २ शुन्य गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

बिदेशी खेलाडी जोर्डन ज्वोइनर डेम्लेले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा थप गोल गर्दै डेम्लेले टिमलाई बिजयी गराए । जितसँगै अब आयोजक माइभ्यालीले मोहम्मदन स्पोटिङ क्लब कोलकत्तासँग क्वाटर फाइनल खेल्ने निश्चय भएको छ । खेलको म्यानअफ दि म्याच आयोजक माइभ्यालीका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन ।


शनिबार झापा ११ र एमएफसी दार्जिलिङ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।